Community siren
Be Safe !
you & your community
cs
cs

Some of Our Community Location


View Communitysiren in a larger mapView Community siren in a larger map

Call

+977-1-4444576, 4416900

Frequently Asked Questions

साइरन समूहको सदस्य कसरी बन्न सकिन्छ ?

तपाँईको टोलमा टोलबासीहरु मिलेर एक घरको एक फोन र एक मोबाइल नं राखी सो नामावलीको ीष्कत टेक्नोलोजी सेल्सका प्रतिनिधिलाई पठाई सकेपछि डिभाइसमा नाम सेट हुन्छ, र त्यसपछि तपाई साइरनको सदस्य बन्न सक्नुहुन्छ ।

साइरन कसरी बजाउन सकिन्छ ?

साइरन समूहको सदस्य बनी सके पछि सेट गरेको टेलिफोन र मोवाइलबाट दिइएको साइरन कोड थिची साइरन बजाउन सकिन्छ ।

सदस्य वाहेकको व्यक्तिले साइरन बजाउन सक्छ कि सक्दैन ?

साइरन समूहको सदस्य बाहेक कुनैपनि अन्य व्यतिmहरुले कोड नम्वर थाहा पाएर पनि साइरन बजाउन सक्दैनन् ।

साइरनको लागी कोड नम्वर कस्तो हुन्छ ?

साधारणतया साइरन कोड नम्वरमा मोवाइलको नम्वर सरहको कोड हुन्छ या भनै दस डिजिटको नम्वर हुन्छ तर त्यो नम्वरलाई हामीले प्रयोग गर्ने गरेका अधिकांश मोवाइलका प्रोग्राम अनुसार कुनै एक डिजिट वा दुुईवटा सम्ममा ल्याउन सकिन्छ, भन्नाले कुनै एक अंक वा दुईवटा अंक थिचेर साइरन बजाउन सकिन्छ । Land line टेलिफोनमा भने या त टेलिकमको सुविधामा Abbreviated Dialing मार्फत दुईवटा अंकबाट Active गर्न सकिन्छ वा Memory भएको सेटहरुमा भने कुनै एक अंकमा सेट गर्न सकिन्छ । यसको अर्को विकल्प साइरनको दश डिजिटको नम्वर कण्ठ गरी पनि साइरन बजाउन सकिन्छ ।

कारण वश सम्र्पूण फोन तथा मोवाइल काटेमा के यसले काम गर्छ ?

प्रतिकूल परीस्थितीमा फोन तथा मोवाइल काटिन सक्छ त्यस्तो अवस्थामा प्रविधिको सम्र्पूण सेवा प्रयोग गर्न नसकिए पनि साइ्रन Box मा भएका Red Emergency Button बाट Wireless का साथै अन्य साइरनहरु बजाउन सकिन्छ ।

Wireless साइरन के हो ?

Wireless साइरन २० घरभन्दा बढि साइरन सदस्य भएका Community मा साइरनको मुख्य प्रणाली जडित घरबाट २०० मिटर टाढासम्म लगाउन सकिने बिना तारको साइरन प्रणाली हो । यसमा तार विना काम गर्ने RF Frequency का Transmitter , Receiver, Battery Back up, साइरन, Battery Charger र Casing रहेको हुन्छ । बाहिरी समस्याहरु जस्तो बत्ति नहँदा, फोन लाइन नहँुदा जस्ता कारणहरुबाट यसमा कुनै असर पर्दैन ।

साइरन सिस्टमको ग्यारेन्टी कति समयको छ ?

यस प्रविधिको ग्यारेन्टी ५ वर्ष सम्मको छ । जसमा १ वर्षको लागि Replacement Guarantee तथा थप ४ वर्षको लागि Conditional Guarantee रहेको छ । वार्षिक ग्यारेन्टी चार्ज तिरीसकेपछि मर्मतको संपूर्ण जिम्मा टेक्नोलोजी सेल्सले लिने छ ।